कावासोतीका सन्देश तिमिल्सिनाको कृषि फर्ममा पुग्दा जे देखियो (फोटोफिचर)

२०७८ चैत्र १९ गते प्रकाशित

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) स्थित कावासोती नगरपालिका १६ डन्डामा सन्देश तिमिल्सिनाले तरकारीजन्य वस्तु र विभिन्न भेराइटीका तरकारीका विरुवा उत्पादन गरी बजारीकरण गर्दै आएका छन् ।

सुरुमा ४ लाखबाट कृषि लगानी गरेका तिमिल्सिनाले जैविक र अग्र्यानिक तरकारी उत्पादन र बीऊ बेर्नाहरु उत्पादन गर्दै आएका छन् । अहिले उनले अग्र्यानिक टमाटर र भेन्टालगायतका तरकारीहरु बजारमा पठाइसकेका छन् ।

१५ बोटबाट भेन्टा उत्पादन परिक्षण गरेका उनले अहिले उत्पादन राम्रो भएपछि अन्य १० कठ्ठा जमिनमा पनि भेन्टा लगाउने सोच बनाएका छन् । रामपुर क्याम्पसमा कृषि बिषयमा बिएससी पढेर आफुले केही गर्नुपर्छ भनेर लागि परेका तिमिल्सिना कृषि गरेर निकै सन्तुष्ट छन् । उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(पीएमएमपी) ले पनि सिँचाई, पोखरी निर्माण, ड्रीप मोटरलगायतमा अनुदान सहयोग गरेको छ ।

पीएमएमपी परियोजनाको मिडिया मनिटरिङ कार्यक्रमअन्र्तगत पत्रकार र परियोजनाको टोली उनको फार्म पुुग्दा उनी भेन्टाका साना–साना बिरुवाको कलमी वा काँटछाँट गर्दै थिए । उनले भेन्टाबाहेक टमाटर, खुर्सानी, प्याज, करेलालगायतका कृषि उपजको उत्पादन गर्ने योजना बनाएका छन् ।

प्रस्तुत छ, उनको फार्ममा पुुग्दा देखिएको केही तस्विरहरु…..