के गर्दैछ समशीतोष्ण बागवानी केन्द ? ,यस्ता छन् भावी योजना

२०७८ चैत्र २५ गते प्रकाशित

काठमाडौं । बागवानी सुधार, प्रबद्र्धन, अनुसन्धान एवं विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेको समशीतोष्ण बागवानी केन्द्रले पछिल्लो पटक विभिन्न फलफुल तथा नर्सरी विस्तारलगायतमा उपलव्धिमुलक कार्य गरेको छ । शुक्रबार सञ्चारकर्मीसँग प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्र प्रमुख सुर्यप्रसाद बरालले केन्द्रले गड्यौले मल उत्पादन देखि फलफुल उत्पादन, बगैँचा व्यवस्थापन र उन्नत प्रविधिको प्रसारलगायतका महत्वपूर्ण कार्यहरु गरिरहेको बताए ।

उनका अनुसार, कीवी, कटुस, एभोकाड़ो, चुच्चेओखरको तन्तु प्रजनन सुरु भई काम हुदै, तन्तु प्रजननबाट बिकास गरिएका कीबीको लगभग २०० जति बिरुवालाई यसै वर्ष कलमी गरि आगामी बर्षमा तीनको पर्फमेन्स हेर्ने योजना रहेको केन्द्रको छ ।

देश संघीयतामा गएसँगै यो केन्द्र संघ अन्र्तगत रहेको केन्द्रले आगामी दिनमा महत्वपूर्ण काम गर्ने जनाएको छ । खासगरी, फार्मका विभिन्न फलफूलहरुको जातीय दर्ता गर्ने, विरुवाको बढ्रदो मागलाई सम्बोधन गर्न नर्सरी क्षेत्र विस्तार गर्ने, उन्नत प्रबिधि प्रसारको लागी स्थानीय स्तरका कृषि प्राबिधिक तथा कृषक स्तरको तालीम सञ्चालनलाइ निरन्तरता दिने केन्द्रले जनाएको छ ।

त्यस्तै, आयातीत फलफूलका विभिन्न जातहरुको जातिय परिक्षण तथा अध्ययन र अनुसन्धानका कार्यलाइ प्राथिमकता दिने र उत्पादित विरुवाको गुणस्तर तथा जातिय विविधता संरक्षणका लागि हलुवावेद, कीवि लगायत फलफूलको माउवोट व्लक विस्तार गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।