नेपाल कृषि महासंघको नयाँ कार्य समिति चयन, अध्यक्षमा शिव सुन्दर श्रेष्ठ

२०७८ चैत्र २५ गते प्रकाशित

काठमाडौं । कृषि क्षेत्रका पेशागत बिषयगत समितिहरुको छाता संगठन नेपाल कृषि महासंघको आठौं साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष गणेश कुमार केसीले गरेका थिए। गोष्ठीमा बरिष्ठ बागवानी बिज्ञ शिव बहादुर नेपाली प्रधानले कृषि क्षेत्रको बिकासको लागि आफ्नो सोच प्रस्तुत गरेका थिए भने कार्यकारिणी समितिका सदस्य तेज बहादुर सुबेदीले गत आर्थिक बर्ष कृषि बिभाग र महासंघको संयुक्त आयोजनामा आयोजित ‘सम्बृद्ध नेपालको लागि नेपालको कृषि क्षेत्रको आधुनिकीकरण” बिषयक गोष्ठीको निचोड प्रस्तुत गरेका थिए ।

गोष्ठीमा प्रमुख अतिथि कृषि सचिब डा गोबिन्द प्रसाद शर्मा, बिशेष अतिथि निरु दाहाल पाण्डे र बिषयगत समितिहरुको तर्फबाट पुर्व सचिब डा योगेन्द्र कुमार कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

महासंघको आठौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाको सर्वसम्मतिले शिव सुन्दर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । कार्यसमितिको पदाबधि ३ बर्षको हुनेछ ।

नेपाल कृषि महासंघको नयाँ कार्यसमितिको अध्यक्षमा शिव सुन्दर श्रेष्ठ,उपाध्यक्षमा मोहनबहादुर थापा, महासचिबमा तेज बहादुर सुबेदी, सचिबमा हिक्मतकुमार श्रेष्ठ,कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ, सदस्यहरुमा डिलाराम भण्डारी,डा योगेन्द्र कुमार कार्की,जानुका पण्डित,दे्वेन्द्र प्रसाद यादब,सावित्री बराल, शम्भु कुमार श्रेष्ठ,देवकी श्रेष्ठ,रमानन्द मिश्र,परशु राम अधिकारी र सुर्य प्रसाद बराल चयन भएका हुन।

कृषि क्षेत्रको बिषयगत समितिहरुको छाता संगठनको रुपमा भावी दिनमा कृषि क्षेत्रको बिकासको लागि समन्वयकारी भुमिका निर्वाह गर्दै बिषयगत समितिहरुलाइ अझ सकृय बनाइ पेशागत उन्नती तथा कृषि प्राबिधिकहरुको हकहितको लागि काम गर्नको साथै कृषि बिकासको नीति निर्माण तथा किसान हक हितको लागि पैरवी गर्ने अपेक्षा गरिएको छ ।