डेरी उद्योग संघको अध्यक्षमा पुनः राजकुमार दाहाल निर्वाचित भएका छन । संघको १३ औं वार्षिक साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निवर्तमान अध्यक्षमा अरनिको राजभण्डारी, उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, महासचिवमा विश्वराज वस्नेत र कोषाध्यक्षमा पुष्पराज वस्नेत छन् ।
सदस्यमा जेनन सैंजु, रामचन्द्र उप्रेती, राजुबावु श्रेष्ठ, मिलनकुमार सिंह, सन्तोषलाल श्रेष्ठ र रविप्रसाद रिजाल चयन हुनुभएको संघले जानकारी दिएको छ ।
नवनिर्वाचित अध्यक्ष दाहालले विगत दुइवर्ष अवधिमा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण कृषक तथा उद्यमी मारमा पर्न गएकोले चालु आर्थिक वर्ष पर्याप्तमात्रमा दुध उत्पादन हुन नसक्दा आगामी असार साउन महिनामा दुधको चरम अभाव हुने संभावना रहेको बताएका छन् ।