धानको सुपरजोन बर्दियामा यसरी हुन्छ मेसिनको प्रयोग (फोटोफिचर)

२०७८ चैत्र २७ गते प्रकाशित

काठमाडौं । पछिल्लो समय कृषिकर्ममा यान्त्रीकरण वा मेसिनको प्रयोग बढ्दै गइरहेको छ । मान्छेले गर्ने जुनसुकै काम मेसिनको सहायताले गर्दा उत्पादन लागत र समय दुवैको बचत हुन्छ ।

यसैबीच, धानको सुपरजोनको रुपमा रहेको बर्दियामा पनि धानको बीऊ राख्ने देखि धान थन्क्याउँदासम्म मेसिनकै प्रयोग हुन्छ । खासगरी, धानको बीऊ ग्रेडिङ गर्न, ब्याड राख्न, धान रोप्न, धान काट्न, धान कुट्न, धान सुकाउनलगायतका काममा मेसिनकै उपयोग भइरहेको छ ।

खासगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धानको उत्पादकत्व बढाउन यान्त्रीकरणमा जोड दिइरहेको छ । धान सुपरजोन बर्दियामा पनि गणेशबाबा एग्रो सिड कम्पनी विभिन्न प्रकारका धानको उत्पादन र भण्डारणका लागि मेसिनको प्रयोग गर्दै आएको छ ।

पहारी एण्ड ब्रदर्श एग्रो फर्मले धान खेतीमा यान्त्रीकरणका लागि कस्टम हायरिङ सेन्टर स्थापना गरेर किसानलाई प्रत्यक्ष रुपमा यान्त्रीकरणमा जोड्ने प्रयास गरिएको छ । सो कम्पनीलाई प्रधानमन्त्री कृषि यान्त्रीकरण परियोजनाले मेसिन खरिदमा ५० प्रतिशत अनुदान सहयोग गरेको छ ।

धान खेतीमा मेसिनको प्रयोग, हेर्नुस, फोटोफिचर