काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत दूग्ध विकास संस्थान(डीडीसी)ले धुलो दूध(एसएमपी) र मखन नपुग्ने भन्दै आयात गर्न आपूर्तिकर्तालाई आवेदनका लागि सार्वजनिक सूचना निकालिसकेका छ । डीडीसी धुलो दूध बाहिरबाट किनेरै भए पनि माग टार्ने ध्याउन्नमा छ ।
कोरोना कहर मथ्थर हुँदै जाँदा निजी डेरी उद्योगीको एउटै गुनासो थियो कि चैत बैशाख लागेपछि बजारमा दूधको अभाव हुन्छ । सो अभाव टार्न सरकारले कि अनुदान वा सहुलियतपूर्ण कर्जा दिनुपर्यो कि कच्चा दूध बाहिरबाट ल्याउन दिनुपर्यो भन्ने उद्योगीको मुख्य माग थियो ।
अहिले बजारमा कच्चा दूधको आपूर्तिमा कमी आएको डीडीसीले पनि स्वीकारेको छ । त्यसमाथि निजी डेरी उद्योगीले पनि बाहिरबाट कच्चा दूध वा धुलो दूध आयात गर्नुपर्ने भन्दै बारम्बार सरकारलाई दबाब दिइरहेका थिए । अन्ततः कृषि मन्त्री महिन्द्र राय यादवको निर्देशनमा डीडीसीले धुलो दूध र मखन आयात गर्दैछ । र, आयात गर्ने क्रममै छ ।
यसअघि सरकारले नै दूग्ध क्षेत्रलाई आत्मनिर्भर उन्मुख रहेको घोषणा गरिसकेको छ । बेला बेलामा किसानको दूध नबिकेर सडकमै पोख्नुपर्ने र ‘मिल्क हलिडे’ हुनसक्ने आकंलन पनि भइरहेकै हुन्छन् ।
कोरोनाका बेलामा पनि किसानको दूधले उचित मूल्य पाएन् । डेरी उद्योगी र स्वंयम दूग्ध सहकारीले पनि किसानको दूध लिन मानेका थिएनन् । किनकी उनीहरुसँग दू्ध वा दूग्धपदार्थको पर्याप्त मौज्दात थियो । तर, बजारमा माग थिएन् । त्यतिबेला डेरी उद्योगी, डीडीसीले किसानको दूध बढी भन्दा बढी खरिद गरेर धुलो दूध प्रशोधन(कन्र्भसन) गर्न सकेको भए अहिलेको अभाव टथ्र्यो ।
ती निकायले समयमै बृद्धि नपुर्याउदाको उपज अहिले बजारमा कच्चा दूधको अभाव हुने अवस्था आएको र धुलो दूध बाहिरबाट खरिद गर्नुपर्ने स्थिति सिर्जना भएको छ । डीडीसीले यति नै परिमाणमा धुलो दूध ल्याउने भनेर सार्वजनिक गरेको छैन् । तथापी, डीडीसीले एसएमपी ल्याए पछि निजी डेरी उद्योगीले पनि ल्याउनुपर्ने अड्डी कस्ने निश्चित छ ।
यता, बाहिरबाट धुलो दूध आयात हुँदा किसानको दूध नबिक्ने र किसानले मूल्य नै नपाउने जोखिम पनि उत्तिकै छ । अहिलेकै अवस्थामा धुलो दूध बाहिरबाट ल्याउने हो भने किसानको दूध पुनः सडकमै फ्याक्नुपर्ने अवस्था आउने केन्द्रीय दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा बताउँछन ।
बाहिरबाट धुलो दूध आयात गर्नै नहुने तर्क उनको छ । ‘देश दूधमा आत्मनिर्भर उन्म्ुख हुन लाग्यो भनेर सरकारले नै घोषणा गरिसकेको छ । त्यसैले बाहिरबाट धुलो दूध ल्याउनु हुँदैन’ उनले भने, ‘बाहिरबाट धुलो दूध ल्याउनु भनेको नेपाली किसानका लागि ठूलो अभिसाप हो । किसानको दूधले मूल्य पाउँदैन, फेरी सडकमै पोख्नुपर्ने अवस्था आउँछ ।’ मन्त्रीको निर्देशनमा डीडीसीले धुलो दूध आयात खुलाउन सूचना निकालेको छ । अनौपचारिक क्षेत्रमा गएको दूधको कुनै लेखाजोखा सरकारसँग छैन् ।
निजी डेरी उद्योगीको चर्को दबाबमा सरकारले धुलो दूधको आयात खोल्ने प्रक्रिया अघि बढाएको छ । यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव(पशुतर्फ) निरु दाहाल पाण्डेले दूधको कमी भएको महशुस गर्दै सातवटै प्रदेशमा दूध आपूर्तिको अवस्था के छ भनेर अध्ययन गर्न चिठि लेखिएको बताइन् । डीडीसीले धुलो दूध आयात गर्न लागेको कुरामा भने सचिव पाण्डेले अनभिज्ञता प्रकट गरिन् ।
डीडीसीले धुलो दूध आयात गर्न सार्वजनिक सूचना नै निकालेछ नी भन्ने कृषिपानाको प्रश्नमा सचिव पाण्डेले भनिन्, ‘त्यो चाँहि डीडीसीलाई सोध्नुपर्छ । उ स्वायत्त निकाय हो, उसको बिजनेश प्लानमा हामीले निर्देशन दिन मिल्दैन ।’ तर, दूधको कमी भएकाले सातै प्रदेशमा अवस्था कस्तो छ भनेर अध्ययन गर्न छुट्टै ‘कमिटी’ बनाएको उनले बताइन् ।