कृषकलाई कृषि सामग्री तथा औजार वितरण

२०७८ चैत्र ३० गते प्रकाशित

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । व्यावसायिक कृषकलाई नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामग्री हस्तान्तरण गरेका हुन ।

सामग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकलाई आग्रह गरे। व्यावसायिकरूपमा खेती किसानी गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाइ छ ।