काठमाडौं । सरकारले गहुँको न्यूनतम सथर्मन मूल्य तोकेको छ । बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७८ ०८९ का लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयको सिफारीसमा गहुँको समर्थन मूल्य मन्त्रिपरिषद्मा पेश भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हरेक वर्ष किसानको गहुँ उत्पादन र बिक्रि वितरण गर्न हरेक वर्ष न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ