जीडीपीमा घट्यो कृषिक्षेत्रको योगदान, २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण

२०७९ बैशाख १५ गते प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७८७९ को कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान घट्ने भएको छ । बिहीबार केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको रिपोर्टमा यस वर्ष कृषि क्षेत्रको योगदान करिब २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) दरमा ०.५१ प्रतिशतले ह्रास आउने विभागको तथ्याङ्कले देखाएको छ ।

खासगरी यस वर्ष अति वर्षाका कारण गएको बाढी पहिरो लगायतका कारणले धानबालीको उत्पादन ह्रास हुँदा यस क्षेत्रको उत्पादनमा कमी आएको विभागको भनाइ छ ।