कृषिमन्त्रीको अनुपस्थितिमा खल्लो भयो राष्ट्रिय चिया दिवश, डेढ घण्टा ढिलो गरी पुगे कृषि सचिव

२०७९ बैशाख १५ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बैशाख १५ अर्थात आजैका दिन २६ औं राष्ट्रिय चिया दिवश मनाएको छ । बुधबार दिउँसो बोर्डले नै पत्रकार सम्मेलन गरी कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवको प्रमुख आतिथ्यतामा चिया दिवश मनाउने भनेको थियो । तर, बिहीबार राष्ट्रिय चिया दिवशको मूल समारोहमा कृषिमन्त्री महिन्द्रराय यादव उपस्थित भएनन् ।

करिब ११ बजे सुरु हुने भनिएको कार्यक्रम कृषिमन्त्री नआउने भनेपछि समयमै सुरु भएन् । बोर्डले कृषिमन्त्री नआउने थाहा पाएपछि कृषि सचिव डा. गोविन्दप्रसाद शर्मालाई प्रमुख अतिथि बनाएर साढे १२ बजेदेखि कार्यक्रमको मूल समारोह सुरु गर्यो । ११ बजे नै कार्यक्रम सुरु हुने भनेकाले चिया उद्योगी, किसान, व्यापारी र अन्य सहभागी समयमै पुगेका थिए । तर, कृषिमन्त्री नआउने भएपछि ती सहभागीहरुले कार्यक्रमस्थलमै मोबाइल हेरेर समय कटाए ।

चिया दिवशका अवसरमा सहभागीहरुका अनुसार, बोर्डले नै कृषिमन्त्री आउने भनेर प्रचार गरे पनि नआउँदा दिवश खल्लो भएको अनुभूति गरेको सुनाए । अघिल्लो दिन पत्रकार सम्मेलन गरेर कृषिमन्त्री नै प्रमुख अतिथि भनेर प्रचार गरे पनि बोर्डले कि कृषिमन्त्रीलाई आमन्त्रण नै नगरेको केहीको गुनासो थियो । नत्र, बोर्डको निमन्त्रणा कृषिमन्त्रीले मानेनन् र उनी आफ्नो गृहजिल्ला हानिए । त्यो उनै कृषिमन्त्री नै जानुन् ।

अर्को कुरा, राष्ट्रिय चिया दिवशमा चिया उत्पादन, सम्भावना र निर्यातका सम्भावनालाई नीतिगत रुपमा छलफल गर्ने कार्यक्रम थियो । कार्यक्रममा दुईओटा कार्यपत्र प्रस्तुत गरिए पनि चियाक्षेत्रको समस्या सुन्ने तालुक निकायको कृषिमन्त्री नभए पनि दिवश अझै खल्लो हुन पुगेको देखिन्थ्यो । चियाको विकास कसका लागि र कसरी भन्ने बिषयमा विश्लेषक हरि रोक्काले पनि त्यो महसुस गरेका थिए । उनले चियाका दुःख र समस्या नीगित रुपमा सम्बोधन हुनुपर्ने भन्दै समस्या सुन्ने कृषिमन्त्री नै अनुपस्थित हुनु दुखद रहेको बताएका थिए ।

डेढ घण्टा ढिला गरी पुगेका कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले चिया क्षेत्रलाई आफुले चासोका साथ हेरेको यहाँ रहेको समस्यालाई हल गर्दै लग्ने बताए । उनले चिया क्षेत्रले नेपालको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्ने सम्भावना रहेको उनको तर्क थियो ।

कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.बिष्णुप्रसाद भट्टराइले चार वर्षमा चिया निर्यातबाट मात्रै १२ अर्बको अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना रहेको उनले बताए । चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्दै निजीक्षेत्रको मात्रै लगानी नभइ सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाई छ ।

खासगरी, चियाक्षेत्रमा अनुसन्धान र गुणस्तर मापदण्ड परिक्षण ल्याव स्थापना, सहुलियतपूर्ण कर्जा, सिँचाईमा समेत बिजुली, चिया संकलनका लागि अक्सन सेन्टर स्थापनामा पनि सरकारले लगानी गर्नुपर्ने उनको भनाई थियो ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …