तीन दिन मध्यमदेखि हल्का वर्षाको सम्भावना

२०७९ बैशाख १६ गते प्रकाशित

काठमाडौं । देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ । अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।