काठमाडौं । चालू आर्थिक वर्ष २०७८।०७९ को पछिल्लो ९ महिनाको अवधिमा नेपालले झन्डै चार अर्ब बराबरको अलैँची निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार, नेपालबाट ३ अर्ब ८५ करोड बराबरको अलैँची निर्यात भएको देखिन्छ ।
सो अवधिमा भारत र पाकिस्तामा अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबरको अलैँची भारत र ३ करोड ४४ लाख बराबरको अलैँची पाकिस्तान निर्यात भएको हो ।
अलैँची कृषिको निर्यातयोग्य मसलाबाली पर्छ । सो अवधिमा ४२ लाख ६८ हजार ८५३ केजी अलैँची निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६७ करोड बराबरको अलैँची निर्यात भएको थियो ।