काठमाडौं । २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आइडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ नम्बर भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।
