काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २६७ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ । विभागले उक्त अवधिमा ४४९ उद्योगको अनुज्ञापत्र नविकरण गरेको छ भने ४६६ नयाँ उद्योग स्थापना गर्न सिफारीस गरिएको जनाएको छ ।
नौ महिनाको अवधिमा ६९७ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने भने १,५२३ उद्योगको अनुज्ञापत्र नविकरण गरेको छ । त्यस्तै १,६२१ नयाँ उद्योग स्थापना गर्न सिफारीस गरेको विभागले जनाएको छ ।
