दूध ट्यांकरलाई अत्यावश्यक वस्तु ढुवानी सरह चल्न दिन आयोगलाई डेरी एशोसिएनको ज्ञापनपत्र

२०७९ बैशाख २७ गते प्रकाशित

काठमाडौं । नेपाल डेरी एशोसिएसनले निर्वाचनका दिन अन्य अत्यावश्यक वस्तु ढुवानी सरह दुध ट्यांकरलाई सडकमा निर्वाध चल्न दिन आग्रह गरेको छ । एशोसिएसनले आयोगलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘आयोगले प्रकाशित गरेको सुचनामा दुध छुट्न गएकोले अब प्रकाशित हुने सुचनामा दुधलाई पनि समाबेश गराउन भन्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि तिवारीलाई एक ज्ञनपन पत्र बुझायो ।’

सचिवलाई बुझाएको ज्ञापन पत्रमा एसोसिएसनले दुध एक अत्यावश्यक वस्तु भएकोले विगतका दिनमा देशभरि हुने हरेक बन्द, हड्ताल, महामारी एवं निर्वाचनको समयमा बिना रोकतोक दूध तथा दुग्ध पदार्थ ढुवानी गर्न पाइने कुरा अवगत गराएको छ । तथापी यस पटक यहि बैशाख ३० गते देशभर हुने स्थानिय निर्वाचनको दिन चल्न पाउने सवारी साधन भन्ने विषयको प्रकाशित सुचनामा अत्यावश्यक ढुवानी सवारी साधनमा दूध छुट्न गएकोले त्यसलाई समाबेश गराई ढुवानीमा सहजीकरण गर्न ज्ञापनमार्फत आयोगलाई आग्रह गरिएको छ ।

‘उक्त निर्वाचनको दिन अत्यावश्यक ढुवानी बाहेक देशभरका सबै सवारी साधन अनुमति विना संचालन गर्न नपाउने, निर्वाचन आयोगबाट तोकिएका अत्यावश्यक वस्तु, खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दुतावासका सवारी साधन विना रोकतोक चल्ने, अन्य सवारी साधनका लागि अनिवार्य पास लिनुपर्ने भनि जानकारी आएकोले दुध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि दैनिक अनिवार्य नभई नहुने र यसलाई आजको आजै उपभोग गरिसक्नुपर्ने भएकोले नेपाल डेरी एसोसिएसनले यस पटकको स्थानीय निर्वाचनका लागि प्रकाशित सुचनामा दुध अत्यावश्यक वस्तु हो भन्ने कुरा छुटेकाले समावेश गराई सबै सम्बन्धित निर्वाचनको कार्यालयमा जानकारी गराई सहयोग गरि उक्त दिन दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको छ ।

महासचिव प्रल्हाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निर्वाचन आयोगमा महासचिव दाहालको नेतृत्वमा एसोसिएसनको टिम गइ निर्वाचन आयोगका सचिवलाई बुझाएको थियो।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …