चुनावपछि घट्न थाल्यो कुखुराको मासुको मूल्य

२०७९ जेष्ठ ५ गते प्रकाशित

काठमाडौं । निर्वाचनको समयमा मागसँगै बढेको कुखुराको भाउ बिहीबारदेखि सस्तिएको छ । कुखुरा बिक्री व्यवसाय संघले ज्युँदो कुखुराको कोल्डस्टोर मूल्य प्रतिकेजी १० रुपैयाँको दरमा बढाएको हो ।

निर्वाचनको समयमा मासुको अत्यधिक माग भएका कारण कुखुराको मासुको भाउ प्रतिकेजी १० रुपैयाँको दरमा बढेको थियो । यससँगै अब जिउँदो कुखुराको मूल्य किलोको तीन सय रुपैयाँ कायम भएको छ। यस्तै, संघका अनुसार तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ९५ रुपैयाँमा ओर्लिएको छ।

एक साताअघि जिउँदो कुखराको मूल्य किलोमा १० रुपैयाँ बढेर ३ सय १० रुपैयाँ पुगेको थियो। साथै, तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर चार सय १० रुपैयाँमा उक्लिएको थियो।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …