काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले राष्ट्रिय उत्पादन दशक घोषणा गर्न सरकारलाई प्रस्ताव गरेका छन । आगामी बजेटबाट एक दशकलाई विनियोजन विधेयक २०७९/८० को सिद्धान्त र प्राथमिकतामाथि संसदमा जारी छलफलमा भाग लिँदै थापाले आगामी बजेटबाट एक दशकलाई उत्पादन दशक बनाउन प्रस्ताव गरेका हुन् ।
उनले धागो (कपडा उद्योग), जुत्ता, निर्माण सामग्री, कृषिरखाद्यान, वन, हस्तकला र नयाँ क्षेत्रलाई प्राथमिकता दिएर एक दशकलाई विशेष कार्यक्रम ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरे । यसमा दुई प्रकारको नीति लिन समेत उनले आग्रह गरे ।
एउटा ‘सफ्ट’ र अर्को ‘हार्ड’ नीतिको अवधारणामा जान उनले आह्वान गरे । ‘सफ्ट’ मा राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउने, प्रविधि, प्रतिस्पर्धी क्षमता बढाउने र ‘हार्ड’ नीतिमा भने छुट र प्रोत्साहनको नीति ल्याउन सुझाव दिए
