परिणाम ल्याउन सक्ने क्षेत्र कृषि भएकाले बजेटमा प्राथमिकता दिएका छौंः अर्थमन्त्री शर्मा

२०७९ जेष्ठ ६ गते प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा परिणाम ल्याउन सक्ने क्षेत्र कृषि नै रहेको भन्दै त्यसलाई नै प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधी सभामा विनियोजन विधेयक २०७९/८० को सिद्धान्त र प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञाशामाथि बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषिक्षेत्रलाई प्राथमिकता दिएर खाद्यबस्तुमा आत्मनिर्भर र आयात प्रतिस्थापन गर्न सकिने बताए । ‘कृषिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने छ । कृषिक्षेत्रले नै परिणाम ल्याउन सकिन्छ । पहिलो खाद्यवस्तु आफै उत्पादन गर्न सक्नुपर्छ , आयात प्रतिस्थापन रोगजारी र गरिबी निवारण गर्दछ ।’ उनले भने ।