नेपालमा खाद्य संकट आउन सक्ने जोखिम, बेलैमा तयारी थाल्न महासंघका अध्यक्ष गोल्छाको आग्रह

२०७९ जेष्ठ ८ गते प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा खाद्य संकट आउन सक्ने जोखिम बढेको बताएका छन् । महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसिया–युक्रेन युद्धका कारण नेपालमा खाद्य संकट आउन सक्ने भन्दै बेलैमा तयारी गर्नुपर्ने बताएका छन् ।

‘नेपालमा वार्षिक ६ हजार ५ सय मेट्रिकटन खाद्यान्न अपुग छ, त्यो परिपूर्ति गर्न बेलैमा तयारी नगरे नेपालमा खाद्यवस्तुको अभाव हुन सक्छ, बेलैमा सचेत होऔं,’ उनले भने । पछिल्लो समय भारतले पनि गहुँ निर्यात नगर्ने नीति लिएको छ । यसले पनि नेपाललाई खाद्यान्न कमी हुने संकेत देखिएको गोल्छाको भनाइ छ ।

‘सरकारले कृषिलाई प्राथमिकता दिने, कृषिमा अनुदान बढाउने, कृषिको ईको सिस्टम शुरू गर्ने, कृषि कर्जा सहजीकरण गर्ने, कृषिमा ३ वर्ष काम गरेकालाई मात्रै ब्याज अनुदान र अनुदान दिने र करार खेती ऐन लागू गर्नुपर्छ,’ उनले भने । बैंकले ब्याज बनाउँदैमा निक्षेप नबढ्ने भएकोले बैंकलाई पनि न्यून ब्याजमा लगानी गर्न र कृषिमा लगानी बढाउन राष्ट्र बैंकमार्फत गर्ने व्यवस्था मिलाउने पनि गोल्छाले आग्रह गरे ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …