काठमाडौं । सरकारले रासायनिक मलको सुनिश्चितता गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९।०८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । रासायनिक मलको सुनिश्चितता गर्दै किसानलाई खेतीबालीको सिजनमै मल आपूर्ति गर्ने बताइन् ।
उनले प्रांगारिक मलमा जोड दिने बताइन् । खाद्यवस्तुको उत्पादन बढाउने योजना सरकाले लिएको छ । बर्णशंकर बीऊ र स्थानीय बीऊबिजनको प्रवद्र्धनमा जोड दिइने छ । खाद्यवस्तुको उत्पादन बढाउने योजना ल्याइनेछ । बर्णशंकर बीऊ र स्थानीय बीऊबिजनको प्रवद्र्धनमा जोड दिइने उनले बताइन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको मध्यावधि समिक्षाका गर्दै परिमार्जन गर्दै लगिने सरकारको योजना छ भने जोन र सुपरजोनमा सम्भाव्यबालीका आधारमा वर्गीकरण गरिने भएको छ । धान, मकैm आलु, ओखरजन्य कृषि उत्पादनका लागि विशेष कार्यक्रम अघि बढाइने छ । रासायनिक मलको आपूर्ति सुनिश्चित गरिनेछ । कृषकको संरक्षण गर्ने नीति लिइने र उत्पादन गरेको कृषि उपज सरकारले खरिद गर्ने नीति लिने उनले बताइन् । उत्पादनका आधारमा कृषि अनुदान उपलव्ध गराइने छ । किसानलाई उखु क्रसिङ भएकै बर्ष भुक्तानी उपलव्ध गराइने छ ।
नेपाली कृषि उपजको गुणस्तर वृद्धि गरी प्रतिष्पर्धी बनाइने छ । बिषादी र क्वारेन्टिन परिक्षणमा निजीक्षेत्रलाई सहभागी गराइनेछ । कृषि मार्ट स्थापना गर्न प्रोत्साहन गरिनेछ । कृषियोग्य भूमिमा बर्षैभरी सिँचाइ उपलव्ध गराउन २२ हजार हेक्टर जमिनमा .सिँचाइ पुर्याइने छ । पहाड तथा हिमालमा लिफ्ट सिँचाइ र तराईमा पानी संचय र ट्युव सिँचाइको सुविधा पुर्याइने छ । सिँचाइका लागि बिजुलीमा सहुलियत दिइनेछ ।