काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले कृषिप्रधान मुलुक भनिए पनि बर्षेनी खर्बौको आयात गर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्ला वर्षहरुमा कृषिजन्य उत्पादन र उत्पादकत्व बढ्न नसकी नेपालले वर्षेनी भारतलगायतका मुलुकबाट खर्बौको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको र त्यसको गम्भिर समिक्षा हुनु जरुरी रहेको बताए ।
प्रतिनिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमाथि आफ्नो धारणा राख्दै प्रचण्डल े शिक्षा, स्वास्थ्य, सञ्चार, विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य विकास र सुधार भए पनि विगत ५० वर्षको अवधिदेखि हालसम्म आइपुुग्दा परनिर्भरता र आयातमूखी मुलुुक रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले ५० वर्षअघि धान निर्यात गर्ने गरेकोमा अहिले खर्बौको आयात गर्नुपर्ने अवस्था के कारणले आयो, त्यसको गम्भिर समिक्षा हुनुपर्ने उनको तर्क थियो ।
‘मैले एक चोटी यहिँ सदनमा भनेको थिएँ, कि हामी शिक्षामा पनि प्रगति गर्यौ । पढेको धेरै विद्धानहरु र डाक्टरहरु हामी छौं । भौतिक पूर्वाधारका क्षेत्रमा पनि हामीले धेरै नै प्रगति गरेका छौं । विज्ञान प्रविधिका क्षेत्रमा पनि प्रयोग गर्ने कुरामा पनि धेरै नै अगाडी छौं । त्यस्तै, सञ्चारको क्षेत्रमा पनि हामीले फड्को मारेका छौं ।
तर, हाम्रो अर्थतन्त्रको स्थिति किन खस्क्यो । ५० वर्ष पहिले खाद्यान्नमा आत्मनिर्भर थियौं, बरु खाद्यान्न हामीले निर्यात गथ्र्यौ । धान हामीले निर्यात गथ्यौं । अन्य अन्नबाली निर्यात गर्ने ठाउँमा थियौं ।’ उनले भने, ‘अहिले हामी परनिर्भर कसरी भर्यौ, खर्बौको आयात गर्नुपर्ने स्थितिमा हामी के कारणले पग्यौं? एकचोटी गम्भिर समिक्षा गर्न जरुरी छ ।’
भारतले गहुँ र चिनी निर्यात लगाएको तर्फ इंगित गर्दै प्रचण्डले नेपालले पनि कैयौं चिजको आयातमा कटौती गर्दै जानुपर्ने बताए ।
प्रचण्डसँगै केही हप्ता अघि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि उत्पादन र उत्पादकत्व बढाई कृषिलाई उद्योगसँग जोड्न जरुरी रहेको बताएका थिए । उनले कृषि उत्पादन र उत्पादकत्व बढाई कृषिका माध्यमबाट आत्मनिर्भर, श्रम र रोजगारीको वातावरण बनाउन २०७९ सालदेखि २०८९ सालसम्मलाई स्वदेशी उत्पादन तथा उपभोग दशकका रुपमा घोषणा गरेका थिए ।
त्यसबमोजिम आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रमले स्वदेशी उत्पादन र उपभोग दशकका रुपमा अघि बढाउने घोषणा गरेको छ ।
प्रचण्डले संसदमा प्रस्तुुत गरेको धारणा जस्ताको त्यस्तै…
आउने दिनमा हामीले कृषि उत्पादनलाई वृद्धि गर्नका निम्ति त्यसको व्यवसायिकरण, यान्त्रीकरण, बैज्ञानिक विधिको प्रयोगद्धारा अघि बढाउने काम गर्नुपर्छ । कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने काम, भू उपयोग नीतिलाई अझ परिमार्जनलाई त्यसलाई कार्यान्वयन गर्ने कुरा, यो सबै कुरामा हामीले गुणात्मक ढंगले सोच्न जरुरी छ । मलाई लाग्छ, अहिलेको नीति तथा कार्यक्रमले त्यतापट्टी सोझ्याउन बल गरेको छ । नीति तथा कार्यक्रमले कम्तीमा पनि हामीले प्राथमिकतामा राख्नुपर्ने क्षेत्र कृषि हो, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा नै हो ।
ऊर्जा, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य पनि महत्वपूर्ण प्राथमिकतामा राख्नुपर्ने क्षेत्र हो । नेपाललाई अब रेडिकल रिफर्म चाहिएको छ ।आत्मनिर्भरताको निम्ति र उत्पादकत्व वृद्धिका निम्ती, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नका निम्ती हामीले सामान्य रुपमा होइन, अब कैयौं चीजलाई हामीले रोक लगाइदिनुपर्ने आवश्यकता देखिन्छ । नराकात्मक कुरामा पनि सकारात्मक कुरा आउने गर्छ भनियो, भारतले गहुँ, चिनी रोकिसक्यो र खाद्यान्न रोकिँदैछ भनेर बाहिर आएको छ । यो हेर्दा त नकारात्मक कुरा देखिन्छ । तर, त्यसले हामी सबैलाई खाद्यान्नमा आत्मनिर्भर हुनका निम्ति के के मेहनत गर्नुपर्ने हो । के के नीति बनाउनुपर्ने हो । कहिलेकाँही सजिलै वस्तु प्राप्त हुँदा मानिसहरुले आफ्नो कर्तव्यपथबाट बिचलित हुने खतरा हुन्छ ।
त्यसकारण हामीले सचेत रुपमा कैयौं वस्तुहरुको आयात कटौती र नियन्त्रण गर्नुपर्ने र, देशभित्र पैदा भएका, पैदा हुन सक्ने सामानहरुको प्रयोगलाई प्राथमिकताका साथ जोड दिएर लैजानुपर्छ । र, केही वर्षभित्र हामीले खाद्यान्नमा आत्मर्निभर हुन सकिन्छ । मैले एक चोटी यहिँ सदनमा भनेको थिएँ, कि हामी शिक्षामा पनि प्रगति गर्यौ । पढेको धेरै विद्धानहरु र डाक्टरहरु हामी छौं । भौतिक पूर्वाधारका क्षेत्रमा पनि हामीले धेरै नै प्रगति गरेका छौं । विज्ञान प्रविधिका क्षेत्रमा पनि प्रयोग गर्ने कुरामा पनि धेरै नै अगाडी छौं । त्यस्तै, सञ्चारको क्षेत्रमा पनि हामीले फड्को मारेका छौं ।
तर, हाम्रो अर्थतन्त्रको स्थिति किन खस्क्यो । ५० वर्ष पहिले खाद्यान्नमा आत्मनिर्भर थियौं, बरु खाद्यान्न हामीले निर्यात गथ्र्यौ । धान हामीले निर्यात गथ्यौं । अन्य अन्नबाली निर्यात गर्ने ठाउँमा थियौं ।
अहिले हामी परनिर्भर कसरी भर्यौ, खर्बौको आयात गर्नुपर्ने स्थितिमा हामी के कारणले पग्यौं? एकचोटी गम्भिर समिक्षा गर्न जरुरी छ । मलाई विश्वास छ,यो नीति तथा कार्यक्रमले इंगित गरेको छ, संकेत गरेको कि हामीले अब उत्पादन वृद्धि र उत्पादकत्व बढाउनुुपर्छ भनेर । हामी सबैले साझा दायित्वको रुपमा देशलाई एउटा रेडिकल रिफर्मतिर लैजाने प्रयास गर्यौ भने आउने पाँचवर्ष पछि हामी साँच्ची नै फेरी देशको मुहार फेर्न सक्छौं । र, जनतामा एउटा नयाँ खुसीयाली दिन सकिन्छ । हामीले यो पनि अनुुभव गरेका छौं
