कृषिक्षेत्रमा बैंक तथा वित्तिय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब

२०७९ जेष्ठ १४ गते प्रकाशित

काठमाडौं । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ । सरकारले सार्वजनिक गरको आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सो बराबरको रकम कृषि क्षेत्रमा लगानी भएको हो ।

जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ । यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कजार्न प्रभाव हुँदा पशु पालन क्षेत्रमा ३६.७ प्रतिशत, खेतीपाती सम्बन्धी सेवामा १७.१ प्रतिशत लगानी भएको छ । यस्तै चिया, वन, मत्स्यपालन, र बधशालामा १.४ र १ प्रतिशतका दरले बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।