खाद्यान्न उत्पादन र उत्पादकत्व घट्यो

२०७९ जेष्ठ १५ गते प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० मा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ ।

धानबाली उत्पादनमा आएको ८.७ प्रतिशत गिरावटको असर समग्र उत्पादनमा देखिएको छ । यद्यपि नगदे बालीहरु मह, मसला, फलफूल, तरकारी र दलहनको उत्पादन भने वृद्धि हुने सरकारी अनुमान छ ।