काठमाडौं । सरकारले किसानलाई पेन्सन दिने योजना बनाएको छ । यसको लागि आगामी आर्थिक वर्षमा १ अर्ब विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसान पेन्सन योजनाको घोषणा गरेका हुन् ।
धान मकै गहुँ र दूधको न्युनतम समर्थन मूल्य तोक्ने र ती बाली खाद्य व्यापार कम्पनीले खरिद गर्ने पनि सरकारले योजना बनाएको छ।
त्यस्तै, न्यूनतम समर्थन मूल्य तोकेर कृषि उपज सरकारले खरिद गरिदिने, किसानलाई सरल र सहज रुपमा बीउ मल र प्रविधि, सहुलियत कर्जा, कृषि विमा विस्तार र सबै वडामा कृषि प्राविधिकको व्यवस्था पनि सरकारले गरेको छ।
