काठमाडौं । जुन १ अर्थात भोली जेठ १८ गते विश्व दूग्ध दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खासगरी, दूग्ध र डेरीक्षेत्रका संघसंस्थाहरुले दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । दूग्ध विकास बोर्डले जेठ १६ गते मिडिया रिपोर्टस क्लवमार्फत विभिन्न पत्रपत्रिका, एमएम रेडियो र विद्युत्तिय माध्यममार्फत प्रचारप्रसार गरिसकेको छ ।
जेठ १७ गते वृद्ध अवस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी, आमाघर(सोल्टीमोड) मा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण, तुलसालय आश्रम, चाँगुनारायण, भक्तपुरलाई दूध वितरण, दिर्घ जीवन, गुणस्तरीय दूध तथा दूग्ध पदार्थको सेवन विषयक माविस्तरीय उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ ।
जेठ १८ गते मूल समारोहका अवसरमा दूग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुको सम्मान गर्ने कार्यक्रम रहेको बोर्डका कार्यकारी निर्देशक डा. रोजेन्द्रप्रसाद यादवले जानकारी दिए । त्यस्तै, निजीक्षेत्रका नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघलगायतका निकायले पनि दिवशका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।
आम उपभोक्तालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्धेश्यले सन् २०११ बाट नेपालमा पनि विश्व दूग्ध दिवश मनाउँदै आइएको छ ।
