काठमाडौं । सांसद गजेन्द्रबहादुर महराले सबैभन्दा बढी भष्ट्राचार र कमिसन हुने ठाउँ कृषि मन्त्रालय रहेको जिकिर गरेका छन् । सरकारले अहिले सबैभन्दा बढी बजेट छुट्याएको मन्त्रालयमै सबैभन्दा बढी भष्ट्राचार र कमिसनको खेल हुने गरेको उनले जिकिर गरे ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद महतले भने, ‘कृषिमा यति ठूलो बजेट छुट्टिएको छ । सबैभन्दा धेरै भष्ट्राचार र कमिसन हुने ठाउँ भनेको कृषि मन्त्रालय नै हो थाहा पाइरहनुस् ।’
बजेटपछि कर्मचारीतन्त्रमा रहेको बिचौलियाले कमिसन आउने ठाउँ खोजिरहेको उनले बताए ।
