काठमाडौं । देशभर रासायनिक मलको अभाव भइरहेका बेला सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले जेठ अन्तिम साता वा असार पहिलो हप्ताभित्र मल आइपुुग्ने दाबी गरेको छ । धानको बीऊ र ब्याड राख्ने बेलासम्म किसानले मल नपाउँदा यतिबेला मलको बीऊ मिडियादेखि संसदसम्मै चलिरहेको छ । मल खरिद र वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनीले असार पहिलो हप्ताभित्र ४० हजार टन ग्लोबल टेन्डर र एक लाख टन मल नेपाल–भारत सरकार–सकार(जीटुजी) मार्फत आउने भएकाले किसानलाई नआत्तिन आग्रह गरेको छ ।
‘सामाजिक सञ्जालमा आएजस्तो अवस्था हुँदैन, युरिया अभाव भएकै हो, डीएपी होइन्’ कम्पनीका कायममूकायम प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने, ‘जेठ अन्तिम वा असार पहिलो साता मल ढुक्क आउँछ । किसान दाजुभाई आत्तिनु पर्दैन् ।’ ग्लोबल टेन्डरका लागि आपूर्तिकर्ताले प्रतितपत्र(एलसी) लिइसकेको छ । जीटुजीमार्फत आउने मलको प्याकेजिङ, लेबलिङलगायतको काम भइरहेको जानकारी प्राप्त भएको कार्कीले बताए । युरियाको अभाव भए पनि डीएपी मल अभाव भयो भनेर सामाजिक सञ्जालमा आएजस्तो अवस्था नहरेकाले आत्तिनु नपर्ने बताए ।
केही दिनयता अवस्थयताका कारण अस्पताल भर्ना भएका कामू कार्कीले किसानलाई मल अभावको चिन्ता परेकाले आफुले ‘बेड’ आराम गर्दै विभिन्न सप्लायर्ससँग सम्पर्क गरिरहेको बताए । जीटुजीको मल पनि जतिसक्दो छिटो ल्याउनका लागि आफुले पहल गरिरहेको उनको भनाई छ । ‘म हस्पिटलको बेडबाट भए पनि मल छिटोभन्दा छिटो ल्याउन पहलकदमी गरिरहेको छु । मल असारमा पनि आउँदैन कि भनेर साह्ै आत्तिनुपर्दैन् । ४० हजार टन युरिया र २० हजार टन डीएपी जीटुजीको मल तुरुन्तै आउँदैछ ।’
किसानलाई सामाजिक सञ्जालमा आएका भ्रामक कुराको भर नपर्न समेत उनले आग्रह गरेका छन् । अहिले कम्पनीसँग करिब १५ हजार टन मात्रै मलको मात्र मौज्दात छ ।