आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

२०७९ जेष्ठ २२ गते प्रकाशित

काठमाडौं । आज जुन ५ अर्थात विश्व वातावरण दिवश। “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।

विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।

दिवसको अवसरमा देशभर विभिन्न संघ संस्थाले वातावरण संरक्षणसम्वन्धि विभिन्न कार्यक्रम, वृक्षारोपण तथा सचेतना र्याली गरेर मनाउने गर्दछन्।