काठमाडौं । आज जुन, ७ अर्थात विश्व खाद्य स्वच्छता दिवश । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । खाद्य शुरक्षा र खाद्य अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले आज जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्र विभागले विश्व खाद्य स्वच्छता दिवश सप्ताहव्यापी मनाइरहेको छ । विभागले विश्व खाद्य स्वच्छता दिवशको अवसरमा जेठ २४ गते अर्थात प्रधानमन्त्री, कृषि मन्त्री, कृषि सचिव तथा विभागका महानिर्देशकको शुभकामना एवं सन्देश राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्ने, दिवशको नारा र सन्देश सहितको व्यानर विभिन्न मन्त्रालय, विभाग र यस विभाग मातहतका कार्यालय तथा डिभिजन कार्यालयहरुमा राख्ने एवं विभागको वेभसाइटमा राख्ने, विभाग र मातहतका कार्यालयहरुबाट स्ट्रिट फुड स्वच्छता अभिवृद्धि कार्यक्रम गर्दैछ ।
त्यस्तै, दिवशका अवसरमा विभाग र मातहतका कार्यालयहरुबाट होटल, रेष्टुरेन्ट अनुगमन निरिक्षण एवं स्तरीकण गरी लागो वितरण कार्यक्रम, खाद्य उद्यमी व्यवसायीहरुसँग खाद्य स्वच्छता एवम् अन्र्तक्रिया कार्यक्रम गर्ने, खाद्य स्वच्छता तथा पोषणसम्वन्धि स्कुल शिक्षा कार्यक्रम, मातहतका कार्यालयहरुबाट खाद्य उद्यमीसँग् अन्र्तक्रिया गर्ने, खाद स्वच्छतासम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा, पम्प्लेट प्रकाशन सतथा वितरण गरी प्रचार प्रसार गर्रिएको छ ।
जेठ २४ गते तथा विश्व खाद्य दिवशका दिन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था, उपभोक्ता हकहितसम्वन्धि संघसंस्थालगायतको सहभागीतामा बिहान प्रभातफेरी कार्यक्रम गरेको छ । आज साढे ९ बजेदेखि कार्की ब्याङक्वेटमा मूल समारोह कार्यक्रमको आयोजना गरेर विभागले दिवशको समापन गर्दैछ । मूल समारोह कार्यक्रममा खाद्य स्वच्छताका आधारमा छनौट भएका उत्कृष्ट खाद्य उद्योगलाई प्रमाणपत्र प्रदान गरिँदैछ ।
पत्रकार सम्मेलनका अवसरमा विभागका महानिर्देशक मतिना जोशी बैद्यले आम उपभोक्ताको खानेबानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य शुरक्षाका निम्ति विश्व खाद्य दिवशको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले स्वच्छ, सन्तुलित र पौष्टिक खाद्य पदार्थको उपभोगबाट मात्रै मानव जीवन स्वस्थ रहने बताइन् ।