काठमाडौं । नेपाल–भारत सरकारबीच(जीटुजी) माध्यमबाट आउने मल आउँदो असार मसान्तसम्म प्राप्त हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै जीटुजी माध्यमबाट भारतबाट मल खरिद अन्र्तगत ५० हजार मे.टन युरिा र ३० हजार मे.टन डीएपी असार मसान्तसम्म प्राप्त हुने जनाएको हो ।
त्यस्तै, कृषि सामग्री कम्पनीले खरिद गर्ने ५० हजार मेट्रिक टन युरिया असारको दोस्रो सता देखि प्राप्त हुन सुरु हुने जनाइएको छ । त्यस्तै, २० हजार टन डीएपी भने असारको तेस्रो हप्तादेखि प्राप्त हुन सुरु हुने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, साल्ट ट्रेडिङले खरिद गर्ने २० हजार मे.टन डीएपी प्राप्त भएरहेको र २२ हजार टन युरिया जेठ मसान्तसम्म प्राप्त हुने जनाइएको छ । अहिले कृषि सामग्री कम्पनीसँग न्यून मात्रा(नपुग १५ हजार) मे.टन मल मात्रै मौज्दात छ । यतिबेला देशभर मनसुन सक्रिय भइरहेको छ । देशका कतिपय स्थानमा रोपाइँ सुरु भइसकेको छ भने कतिपयमा हुने तरखरमा छ । तर, किसानले आवश्यक पर्ने मल पाइरहेका छैन् ।
असार लागेसँगै देशभर नै रोपाइँ सुरु हुन्छ । तर, किसानलाई चाहिने मल भने असार मसान्तमा मात्र प्राप्त हुँदैछ । त्यसकारण, यसपाली किसानले मल नहाली धान रोप्ने पक्कापक्की भइसकेको छ । विश्वव्यापी महामारी(कोभिड–१९)का कारण खडा भएको बिषम परिस्थिति, अन्र्तराष्ट्रिय रुपमा मल उत्पादनमा आएको कमी, मूल्यवृद्धि, रुस–युक्रेन युद्धलगायतका कारणले मल आपूर्तिमा ठूलो व्यवधान आएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।