महंगीको मारमा उपभोक्ता, दश महिनामा ८ प्रतिशतको मूल्यवृद्धि

२०७९ जेष्ठ २७ गते प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ८ प्रतिशतसम्म बजारमा मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।

यस्तै फलफूल १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१ शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । समिक्ष अवधिमा तराई क्षेत्रमा मूल्य वृद्धि आकासिएको केन्द्रीय बैंकले जनाएको छ ।