काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीले आजदेखि सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको बताएका छन् । मन्त्री यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको संसदलाई जानकारी गराए ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।