यसैपालीबाट किसान पेन्सन कार्यक्रम सुरु गर्छौः कृषिमन्त्री यादव

२०७९ जेष्ठ ३१ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बजेटमा समावेश भएको किसान पेन्सन कार्यक्रम यसैपालिबाट सुरु गर्ने बताएका छन् ।

सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौं यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’ किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । त्यसमा सरकारले १० प्रतिशत राखिदिने मन्त्री यादवले बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरेका थिए ।