काठमाडौं । आगामी असार १० र ११ गते मकवानपुरको हेटौंडामा नेपाल डेरी एशोसिएनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । एशोसिएसनको बार्षिक साधारणसभा तथा महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एशोसिएसनले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनमा एशोसिएसनको अध्यक्षमा प्रल्हाद दाहालले दाबी गरेका छन् । उनी एशोसिएसनको वर्तमान महासचिव हुन् । उनी तीन कार्यकाल महासचिव भइ एशोसिएसनको जिम्मेवारी पूरा गर्दै आएका छन् ।
दाहाल हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक, राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य समते हुन् ।