काठमाडौं । नेकपा एमाले निकट विभिन्न पाँचवटा किसान संघ संस्थाहरुले पछिल्लो पटक रासायनिक मलको अभाव र मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेका छन् ।
माइतीघरमा किसान संगठनहरुले धानको बीऊ बोकेर प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्य वृद्धि, बढ्दो महँगी लगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै संयुक्त किसान आन्दोलन गरेको जनाएका छन् ।
प्रदर्शनमा सहभागीहरूले बढ्दो महङ्गी नियन्त्रण गर, मलमा भैरहको कालोबाजारीको अन्त्य गर, किसानलाई तुरुन्त मल बीऊको व्यवस्था गर लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए । अखिल नेपाल किसान महासंघसहितका पाँच किसान संगठनहरुले यसअघि नै पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका थिए ।