असार १५ मा ‘डेरी फुड फेस्टिबल’ हुने

२०७९ असार १० गते प्रकाशित

काठमाडौं । आउँदो असार १५ गते “डेरी फूड फेष्टिवल” हुने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड संगको सहकार्यमा डेरी उद्योग संघले आयोजना गर्ने “डेरी फूड फेष्टिवल” हुन लागेको हो ।

स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धि गर्ने उद्देश्यले हुन लागेको मेलामा दुग्ध तथा खाद्य विज्ञहरुको कार्यपत्र प्रस्तुत, दुग्धजन्य पदार्थहरुका परिकारको प्रत्यक्ष पक्वान तथा निशुल्क वितरण एवं विभिन्न व्राण्डका आइसक्रिम तथा डेरी उद्योगहरुको स्टल रहने संघका अध्यक्ष राजकुमार दाहालले कृषिपानालाई जानकारी दिए ।

यही असार १५ गते दही चिउरा खाने दिनमा मेला दिनको २ बजेदेखि ५ बजेसम्म अनमोल ब्यांकेट, शंखमुलमा हुने जनाइएको छ ।