काठमाडौं । नेपालमा मनसुनी प्रभावका कारण किसान मर्कामा परेका छन् । कतै पानी नपर्दा किसानले बर्खे बाली लगाउन ब्याडमा बीउ रोप्न पाएका छैनन् भने कुनै भू–भागमा किसानले रोपाइँ सुरु गरिसकेका छन् । नेपालमा मनसुन भित्रिएको २० दिन भइसक्दा पनि देशका पश्चिमी भागहरूमा अझै ‘पर्याप्त पानी पर्न नसक्दा’ बर्खे बाली प्रभावित हुने अवस्था आएको स्थानीय अधिकारी र कृषकहरूले बताएका छन्। कतिपय स्थानमा पानीको मुहान सुक्दा खानेपानीको अभाव पनि देखिएको उनीहरूको भनाइ छ।
मौसमविद्ले यस वर्ष ूमनसुन प्रवेश गरेको निकै दिनू हुँदा पनि पश्चिमसम्म पुग्न समय लाग्नु ूअस्वाभाविक घटनाू भने नभएको बताएका छन्। उनीहरूका भनाइमा यसअघि पनि ूकहिलेकहीँ यस्तै प्रवृत्तिू देखिने गरेको थियो । यद्यपि प्रायस् मनसुन नेपाल प्रवेश गरेको एक सातादेखि १० दिनसम्ममा देशैभरि फैलिसक्ने गरेको थियो।
डोटी जिल्लास्थित मौसम फील्ड कार्यालय दिपायलका मौसम विज्ञान सहायक सन्तोष भट्टराईका अनुसार गत वर्ष ठूलो वर्षा हुन थालिसकेको अवधिमा पनि यस पटक त्यस क्षेत्रमा सुक्खा लागिरहेको छ। ‘अहिले पनि यहाँ पानी पर्न सकेको छैन। कहिलेकहीँ सिमसिमे पानी परे पनि ठूलो पानी परेको छैन,’ उनले भने। उक्त कार्यालयले राखेको मौसमसम्बन्धी विवरणअनुसार गत वर्ष असार १ गते नै त्यहाँ ठूलो वर्षा हुन थालिसकेको थियो। समयमा पर्याप्त पानी नपर्दा स्थानीय कृषकहरूले ब्याडमा बर्खे धानको बीउ रोप्न नपाएको गुनासो गरिरहेको उनले बताए।
‘कतिपय स्थानमा मुहानमा पर्याप्त पानी नहुँदा खानेपानीको समस्या पनि देखिएको गुनासो आइरहेको छ,’ उनले भने। कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुखले पानी कम पर्दा जिल्लामा रोपाइँ हुन नपाएको बताएका छन्। उनका अनुसार उक्त जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ गर्न बाँकी नै छ। दार्चुलाको मालिकार्जुन गाउँपालिकाका कृषक कृष्णमानसिंह धामी पनि पानी नपर्दा समस्या परेको बताउँछन्। उनले भने, ‘हाम्रोमा धेरै रोपाइँका लागि वर्षाको पानीकै भर पर्नुपर्छ। अहिले पानी नपर्दा रोपाइँ गर्नै नपाइने हो कि जस्तो भएको छ।’ पानी नपर्दा विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कतिपय स्थानमा कृषकहरूले धानको बीउ पनि राख्न नपाएको गुनासो गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले यो वर्ष नेपालमा एक साताअगाडि नै मनसुन भित्रिएको तर त्यो पश्चिमतर्फ जान समय लागेको बताए। बीबीसीको सहयोगमा