काठमाडौं । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल निर्बिरोध चयन भएका छन् । एसोसिएसनको २२ औ साधारणसभा तथा ८ औ माहाधिबेसनबाट केन्द्रिय अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै, उपाध्यक्षमा मनोज घिमिरे निर्बिरोध निर्बाचित भएका छन् ।
यसअघि एसोसिएसनको तीन कार्यकाल महासचिव भइ एशोसिएसनको जिम्मेवारी पूरा गर्दै आएका थिए । दाहाल हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक, राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य समते हुन् ।