पूर्व प्रधानन्त्री केपी शर्मा ओलीले भक्तपुरको सिरुटारमा पुगेर मेसिनले धान रोप्ने

२०७९ असार १३ गते प्रकाशित

काठमाडौं । आगामी असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवका अवसरमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सिरुटारमा पुगेर मेसिनले धान रोप्ने भएका छन् ।

अखिल नेपाल किसान महासंघको आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटार, भक्तपुरमा मनाईने धान दिवश तथा रोपाइँ महोत्सवमा ओलीले मेसिनको सहायताले धान रोप्ने कार्यक्रम छ । मध्याह्न १२ बजे पूर्व प्रधानमन्त्री ओलीले मेशिनले धान रोपेर रोपाई महोत्सव कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।