भूमि बैंक स्थापना र सञ्चालनका लागि छुट्टै नियमावली जारी गरिने

२०७९ असार १३ गते प्रकाशित

काठमाडौं । भू–उपयोग ऐनमा व्यवस्था भएको भूसि बैंक स्थापन र सञ्चालनका लागि छुट्टै नियमावली जारी गरिने भएको छ । प्रतिनिधि सभामा उठेको सांसदका जिज्ञासा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले भूमि बैंक स्थापना र सञ्चालनका लागि छुट्टै नियमावली यथास्रीघ जारी गरिने बताइन् ।

बाँझो रहेको जग्गाको समुचित उपयोग सुनिश्चित गर्न, उत्पादन र उत्पादकत्व बढाउन र खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकारले भूउपयोग ऐनमा भूमि बैंकको व्यवस्था गरेको थियो । मन्त्री श्रेष्ठले भूमि बैंक स्थापना र सञ्चालन गर्ने बिषयमा सरोकारवालासँग थप छलफल गरेर अघि बढाइने बताइन् । ‘भूमि बैंक स्थापना र सञ्चालन गर्ने बिषयमा सरोकारवालासँग थप छलफल र बिचार बिमर्श गरी अझै स्पष्ट र कार्यान्वयनयोग्य बनाई यथाशीघ्र यस सम्बन्धी छुट्टै नियमावली जारी गरिनेछ।’ उनले भनिन् ।

यसअघि केपी शर्मा ओली सरकारका पालामा बाँझो जमिनको सदुपयोग गर्न भूमि बैंकको अवधारणा अघि सारिएको थियो ।