खुमलटारमा कृषिमन्त्रीले मेसिनबाट धान रोपे(हेर्नुस फोटोफिचर)

२०७९ असार १५ गते प्रकाशित

काठमाडौं । आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवश । नेपालका विभिन्न ठाउँमा धान रोपाइँ गरेर यो दिवश मनाइँदैछ । उन्नाइसौं राष्ट्रिय धान दिवशका अवसरमा कृषिमन्त्री महिन्द्र राय यादवले पनि मेसिनबाट धान रोपेका छन् । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिशरमा पुगेर कृषिमन्त्री यादवले धान रोपेका हुन् ।

धान रोप्न खुमलटार पुगेका कृषिमन्त्रीलाई पञ्चेबाजासहितको असारे धुनले स्वागत गरिएको थियो । कृषिमन्त्रीसहित सचिव डा. गोबिन्दप्रसाद पौडेल, कृषि विभागका महानिर्देश, नार्कका प्रमुख तथा प्रतिनिधी तथा अन्य सरकारी कार्यालयका कर्मचारीको समेत उपस्थिति थियो ।

रुकुम – (पूर्व) को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र …
डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरुले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू (मचान) । …