काठमाडौं । किसानलाई धान रोप्ने बेलासम्म पनि रासायनिक मल दिन नसकेर चौतर्फी आलोचना खेपेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको पद गुम्ने भएको छ ।
जनता समाजबादी पार्टी(जसपा)ले हालका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेसँग मन्त्री यादव पनि बाहिरिने छन् । गत २०७८ असोज २२ गते कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले किसानको समस्या र हितमा खासै काम गर्न सकेनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारबाट जसपाको भागमा चार मन्त्रालय परेको थियो । जसमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी यादवले सम्हाल्दै आएका थिए ।