काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा जनता समाजबादी पार्टी(जसपा)बाट मृगेन्द्रकुमार सिंह नियुक्त भएका छन् ।
जसपाले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जसमा जसपाका नेता तथा सांसद मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै, मन्त्रिमण्डल विस्तारमा जसपाबाट मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।