साना किसान सबल भए मात्र नेपालको अर्थतन्त्र सुधार हुने सरोकारवाला निकायको जोड

२०७९ असार २३ गते प्रकाशित

काठमाडौं । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थालि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।

उनले किसानहरुलाई उत्पादनसंगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यानदिनुपर्ने बताए । किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजान सक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाई थियो ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसादपोखरेलले साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने आवश्यकता औल्याए ।

नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनँले यसका लाभग्राही साना किसानहरुनै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौलाउद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर कामगर्दै आएको बताए ।

ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था सानाकिसानविकास लघुवित्त वित्तीय संस्था भएको दावी गरे । उनँले पूर्वमेची देखी पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलवद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए । पूँजीको पहुँच वृद्धिसंगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिलालगाएतलाई सूसुचित गरी उत्पादनमा संलग्नगराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको दावी गरे । सानाकिसानविकास आयोजनाका रुपमावि.स. २०३२ सालदेखी कृषिविकास बैंक मार्फत सुरु भएको सानाकिसानविकास कार्यक्रमविक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो ।

अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा सानाकिसान सहकारीहरुलाई सेवाप्रवाहगर्दै आएको यस संस्थामा१ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ । यस वित्तीय संस्थाको सेवा७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्मपुगेको छ । १० लाखभन्दा बढि घरपरिवारमा८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा७९ प्रतिशतमहिला सहभागिता रहेको छ ।