देशभर ५२ प्रतिशत रोपाइँ सम्पन्न

२०७९ असार २७ गते प्रकाशित

काठमाडौं । देशभर हालसम्म ५२ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको छ । मनसुनी केही सक्रिय हुँदै गएपछि देशभर आधाभन्दा बढी रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २६ गतेसम्म सो क्षेत्रफलमा रोपाइँ पूरा भएको हो ।

हालसम्म प्रदेश नम्बर १ मा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने अन्य प्रदेशमा पनि धमाधम रोपाइँ भइरहेको विभागको वाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा ५६.६१ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रकी कम्प्युटर अपरेटर ललिता श्रेष्ठले बताइन् ।

अन्य प्रदेशबाट रोपाइँको विवरण आउन बाँकी रहेको उनको भनाई छ । नेपालमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत आर्थिक वर्ष २०७७र०७८ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।