रासायनिक मल रकममा होइन, परिमाणमा यकिन गरिनुपर्छः कार्की

२०७९ असार २८ गते प्रकाशित

काठमाडौं । कृषि सामग्री कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले रासायनिक मल खरिदका लागि सरकारले रकममा भन्दा परिमाणमा यकिन गरिनुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय रुपमा मलको मूल्य घटबढ हुने भएको र तोकिएको बजेट रकमले आवश्यक मल ल्याउन नसकिने भन्दै उनले मलको परिमाण तोकेर बजेट निकासा गर्नुपर्ने बताए ।

एक टेलिभिजन सञ्चारमाध्यममा अन्र्तवार्ता दिँदै कार्कीले रासायनिक मलका लागि बजेट समयमै निकास र परिमाणमा यकिन गर्नुपर्ने बताए । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन, रकमले न्यूनतम आवश्यक मल पनि आपूर्ति गर्न सकिँदैन् ।

आगामी आवका लागि पनि मल खरिद गर्न पुग्ने पैसा छुट्याइदिनुपर्ने उनले बताए । ‘बजेट समयमै निकासा हुनुपर्यो । त्यसमा ढिलो हुनु भएन् । आवश्यक मल खरिद गर्न पुग्ने रकम दिनुपर्यो । पुग्ने पैसा नै भएन्’ उनले भने, ‘अहिलेको मागअनुसार हेर्ने हो भने, ५ लाख २० हजार मल चाहिने छ । मल खरिदका लागि रकम नछुट्याएर परिमाणमा छुट्याइदिनुपर्यो । बजेटले घोषणा गर्नुभएन् । जति परिमाणलाई चाहिने हो, जुन मूल्यदरमा मल प्राप्त हुन्छ, सोही रेटमा प्राप्त गर्न सकियोस् ।’

कृषिक्षेत्रमा किसानले सरकारबाट पाउने सबैभन्दा ठूलो अनुदान रकम भनेकै रासायनिक मल भएकाले त्यसको खरिद र आपूर्तिमा देखिएका समस्या हल हुनुपर्ने उनी बताउँछन् ।