निर्यात ४४ प्रतिशतले बढ्यो, अधिकांश कृषिजन्य वस्तुको निर्यात

२०७९ असार ३० गते प्रकाशित

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष निर्यात ४४.३ प्रतिशतले वृद्धि भएको महालेखा परिक्षकको कार्यालयले औंल्याएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यस वर्ष एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।

निर्यात हुने वस्तुहरुमा अधिकांश कृषिजन्य वस्तु नै छ । महालेखाका अनुसार, सो अवधिमा भटमास तेल, कटन, धागो, ऊनी गलैँचा, जुटका सामान, तयारी पोशाक तथा अलैँचीलगायतका कृषिजन्य वस्तु रहेका छन् । कुल निर्यातमा भटमासको तेलले ३८.९८ प्रतिशत भूमिका खेलेको छ ।