कृषि मन्त्रालयको झुटः असार मसान्तसम्म न आयो जीटुजीको मल, न टेन्डरको

२०७९ श्रावण ३ गते प्रकाशित

काठमाडौं । गत जेठ २४ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एउटा विज्ञप्ती सार्वजनिक गर्यो । जुन, रासायनिक मल आपूर्ति व्यवस्थाका बारेमा जानकारी गराइएको थियो । उक्त विज्ञप्तीमा भनिएको थियो कि, जीटुजी माध्यमबाट भारतबाट मलखरिदअन्र्तगत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्ममा प्राप्त हुने ।

त्यस्तै, कृषि सामग्रीकम्पनीले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असार दोस्रो सातादेखि प्राप्तहुन सुरु हुने र २० हजार टन डीएपी असार तेस्रो साता देखि प्राप्त हुन सुरु हुने जानकारी विज्ञप्तीमार्फत किसानलाई गराइयो ।

मन्त्रालयका सहसचिवको हस्ताक्षर रहेको विज्ञप्तीमा जीटुजी र ग्लोबल टेण्डरमार्फत जुन समयमा मल ल्याउने आश्वासन किसानलाई देखाइयो । तर, त्यसअनुसारअसार मसान्तसम्म मलको नाममा एक गेडा पनि नेपाल भित्रिएनन् । फलस्वरुप, किसानले मलबिनै नै रोपाइँ आधाभन्दा बढी सकिसकेका छन् । यस वर्षको धानबालीको सिजनमा मल अभाव हुन सक्ने बिषयमा मलको बहसले प्रतिनिधि सभा(संसद) देखि मिडिया निकै तात्यो ।

निवर्तमान कृषिमन्त्री महिन्द्र राययादवले पनि संसदमा मल आपूर्तिका विषयमा विज्ञप्ती हुबहु सुनाए । त्यसअनुरुप, सभामुखले पनि मल समस्या समाधान छिट्टै गर्न सरकारलाई निर्देशन पनि दिए । तर, संसद र मिडिया जतिताते पनि समस्या ज्यूँकात्यूँ रहिरह्यो । किसान र कृषिको तालुक निकाय कृषिमन्त्रालय नै आश्वासनका नाममा एक पाना खेस्रा विज्ञप्ती निकाल्यो । तर, मलको समस्याको किनारा लागेन् ।

अहिले भने मन्त्रालयका कर्मचारीको बोली फेरिएको छ । जीटुजीको मलअसार मसान्तसम्म ल्याउन पहल गरिएको र केही ढिलाई हुने बिषय भएको औंल्याएका छन् । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जीटुजी विधिमार्फत मल खरिदका लागि निरन्तर पहल गरिएको बताए ।

‘धान रोपाइँ करिब आधा सकिइसकेको छ । जीटुजीको मल रोपाइँका लागि नआए पनि गहुँ र अन्यबालीको सिजनसम्म पक्कै आउँछ ।’ उनले भने । यता, कृषि सामग्री कम्पनीले असार मसान्तसम्ममा मल ल्याउन नसकेको बताएको छ । अन्र्तराष्ट्रिय रुपमामलको मूल्य घटबढ, कोरोना महामारी र आपूर्तिकर्ताको लापरबाहीले यसपालीको बर्खे धानबालीको लागि किसानलाई मलको अभाव हुन पुगेको कम्पनीका कामू प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए । कम्पनीले हालै मात्रै ३० हजार मेट्रिक टन युरियाका लागि टेण्डर गरिसकेको छ भने कम्पनीसँग १० हजार मेट्रिक टन मलमौज्दात रहेको जनाएको छ ।

कम्पनीका अनुसार, ग्लोबल टेन्डरमार्फत खरिद गर्नुपर्ने झन्डै २ लाख मेट्रिक टन मल आपूर्तिकर्ता कम्पनीले नल्याउँदा समस्या भयो । यता, कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ मा १ लाख ६५ हजार मेट्रिक टन खरिद गरिसकेको छ भने केही मल अझै आउने क्रममा छ । यसवर्ष मल खरिदका लागि सरकारले १५ अर्ब ठेक्का र १२ अर्ब जीटुजी विधिमार्फत मल खरिदका लागि छुट्याएको थियो । तर, पनि मल आपूर्ति नहुँदा किसानले मल नहाली रोपाइँ गर्न बाध्य भइरहेका छन् ।