डेरी एशोसिएसनले गठन गर्यो विपत व्यवस्थापन राहत कोष, अन्य यस्ता भए निर्णयहरु

२०७९ श्रावण ६ गते प्रकाशित

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विपद व्यवस्थापन राहत कोष स्थापना गरेको छ । बिहीबार एसोसिएसनको केन्द्रिय समितिको बैठकबाट उक्त निर्णय भएको हो । एसोसिएसनको केन्द्रिय समितिको कार्यालय काठमाडौंमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा बसेको बैठकले राहत कोष गठन गरिएको र सोही दिन कोषमा तीन लाख जम्मा गरिएको हो ।

त्यस्तै, बैठक अगाडि संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना कार्यक्रम गरिएको थियो । एसोसिएसनको बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गर्‍यो । बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गर्‍यो ।

त्यस्तै, बैठकले एसोसिएसनमा प्राविधिक एवं विषेश योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गर्‍यो । ३ वर्षे कार्यकालको लागि बैठकले कार्ययोजना तयार गर्‍यो। बैठकले एसोसिएसनमा बसिने हरेक बैठकमा आचार संहिता लागू गरि कार्यनयन गर्ने निर्णय गरेको एशोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए । त्यस्तै, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गरि अगाडि बढ्ने निर्णय भयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने गोलो लगाउन एसोसिएसनले आफ्ना सबै सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरिएको छ। र, आफ्ना गतिविधि नियमित गर्न र डेरी सम्बन्धि जानकारीका लागि डेरि दर्पण प्रकाशित गर्न तीन सदस्य प्रकाशन उपसमिति गठन गरिएको महासचिव खनालले जानकारी दिए ।