काठमाडौं । आज साउन १५ गतेलाई कोदो दिवशका रुपमा मनाउन लागिएको छ । पौष्टिकता र औषधीय गुणले भरिपूर्ण कोदोखेतीलाई प्रोत्साहित गरि आयात प्रतिस्थापनमा जोड दिन हरेक वर्ष कोदो दिवश मनाउँदै आएको छ । खासगरी, राष्ट्रिय कृषक समुह महासंघले साउन १५ लाई राष्ट्रिय रुपमा कोदो दिवश मनाउन माग गर्दै आएको छ । तर, सरकारले भने कोदो दिवशलाई राष्ट्रिय पर्वका रुपमा मनाउन निर्णय गरेको छैन् ।
तथापी, निजीक्षेत्रबाट महासंघलगायतका केही संघसस्थाले भने कोदो दिवश मनाउँदै आएका छन् । यसैबीच, यसपालीको कोदो दिवशमा महासंघ, छवेली कृषक समुह भीमफेदी ५ मकवानपुर र एशोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट(अनाज) संस्थाको आयोजनामा भीमफेदी—५ छवेलीमा विशेष कार्यक्रम हुँदैछ ।
कोदोलाई सम्मानित वालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रशोधन र उद्यमशिलतासँग कृषि कृषि शिक्षामा जोड दिनुपर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त वीउ तथा प्रविधि उपलव्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रीङखला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्वोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गनुृपर्ने महासंघको जोड छ ।